तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ९५ प्रतिशत रोपाइँ

नेपालगन्ज । बाँकेमा वर्षा ढिलो सुरु भएपनि ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

केही दिन यता वर्षा निरन्तर भएपछि हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमदले बताउनुभयो । समयमा वर्षा नहुँदा रोपाइँ पनि समयमा सम्पन्न गर्न नसकिएकाले उत्पादन घट्ने चिन्तामा रहेका किसान रोपाइँ पूरा हुने भएपछि खुसी छन् । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार केही समय पहिलेसम्म नरैनापुरमा सबैभन्दा कम रोपाइँ भएकाले यस वर्ष पनि सुख्खा हुने सम्भावना बढ्दै गएका बेला वर्षा भएपछि भने त्यस क्षेत्रमा पनि  रोपाइँ सकिन लागेको छ । 

यसअघि वर्षा नहुँदा सिक्टा सिँचाई आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलमार्फत सिँचाई सुविधा पुगेको क्षेत्रमा मात्रै रोपाइँ हुन सकेको थियो । सिक्टा सिँचाई आयोजनाले गर्दा किसानलाई ठूलो राहत भए पनि धेरै ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button