तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका लागि सत्ता प्राथमिकता होइन : महासचिव पोखरेल

धनगढी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेका लागि अहिले सत्ता प्राथमिकतामा नरहेको बताउनु भएको छ । 

नेकपा एमाले कैलालीद्वारा आज धनगढीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै उहाँले यति वेला एमाले जनता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउनु भयो । महासचिव पोखरेलले एमालेमाथि चौतर्फी आक्रमण र घेराबन्दी गरिएको उल्लेख गर्दै जनताको साथ लिएर मिसन २०८४ को चुनावबाट एमालेमाथिको घेराबन्दीलाई तोड्ने गरि पार्टी अघि बढिरहेको बताउनु भयो । “नेपाली जनताले उज्यालो भविष्य खोजेका छन्, त्यो एमाले हो भन्ने बुझेका छन्, त्यसैले सबै नेता कार्यकर्ता मिसन ८४ मा केन्द्रित भएर अघि बढ्नु पर्छ” ।

महासचिव पोखरेलले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानविन समिति बनाउनु पर्छ भन्ने पक्षमा एमाले अडिग रहेको बताउँदै ललिता निवास प्रकरण लगायत सबै केसको छानविन गरौँ, भन्नुभयो । मुलुकभर डेगुको सङ्क्रमण बढिरहेको छ, लम्पी स्किन फैलिरहेको छ तर सरकारले त्यसको रोकथाम तथा नियन्त्रणका लागि काम गर्न सकिरहेको छैन, सरकार सत्ता टिकाउनै केन्द्रित रहेको बताउनु भयो । 

यस्तै एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले मिसन ८४ मा केन्द्रित रहेर एकताबद्ध, सुदृढ, सशक्त भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । पार्टीका पोलिट ब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुट अभियान मार्फत एमाले सशक्त भएर अघि बढिरहेको बताउनु भयो । भेलामा पार्टीका केन्द्रीय नेता तथा जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको एमाले कैलालीका सचिव डेजी पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button