तपाईँ सुन्दै हुनुहुन्छः

तलाउमा डुबेर एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको खजुरामा तलाउमा डुबेर एक जनाको मृत्यु भएको छ।

खजुरा गाउँपालिका–७ मा खेतमा रहेको तलाउमा डुबेर ४५ वर्षीय शिवराम राढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

आज बिहान ११ बजेतिर घाँस काट्न जाँदा डुबेर बेपत्ता भएका राढको शव तीन घण्टापछि भेटिएको प्रहरीले जनाएको छ ।

खजुरामै केही दिन अघि नालामा डुबेर एक बालकको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button