तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जना व्यापारीको मृत्यु

नेपालगन्ज । बाँकेमा करेन्ट लागेर नेपालगन्जका एक जना व्यापारीको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित एक्लैनी मोड नजिक रहेको गुप्ता भाडा पसलका सञ्चालक ४५ वर्षीय फुलचन्द गुप्ताको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान करिब ६ बजेतिर आफ्नै घरको इन्भर्टरको तार निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गुप्ताको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button