प्रेस युनियन बाँकेको अध्यक्षमा प्रिया स्मृति ढकाल
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रिया स्मृति ढकाल निर्वाचित हुनुभएको छ ।
नेपालगन्जमा सम्पन्न प्रेस युनियनको १२ औँ जिल्ला अधिवेशनबाट आफ्ना निकटतम् प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । ढकाल ९६ मतका साथ विजयी हुँदा भट्टराईले ४८ मत मात्र पाएको निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) निशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडकबहादुर खत्री निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरूमा रामप्रसाद आचार्य, विक्रम बुढा क्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष खत्री, सहसचिव अधिकारी तथा मधेसी सदस्य द्वय गुप्ता र कनोजिया निर्विरोध हुँदा अन्य सबै निर्वाचन प्रक्रियाबाट चुनिएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्