तपाईँ सुन्दै हुनुहुन्छः

सांसद सुनिल शर्मा रिहा, थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालतको आदेश

काठमाडौं। शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ पर्नु भएका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा रिहा हुनु भएको छ ।

जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएसँगै शर्मा शुक्रवार साझ रिहा हुनुभएको हो । सांसद शर्मा सहित ६ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेको थियो ।

अदालतले सांसद शर्मालाई थुनामा नराखिकन अनुसन्धान गर्न आदेश दिएपछि अदालतको आदेश बमोजिम शर्मालाई रिहाइ गरिएको सिआईबीका प्रवक्ता नबराज अधिकारीले जानकारी दिनुभयो ।

सोही अभियोगमा पक्राउ परेका अन्य आरोपीहरुलाई भने हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button