तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी भोजपुरमा एक जना बेपत्ता

भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर २, हेलौछामा पहिरोमा परेर एक जना बेपत्ता हुनु भएको छ । 

भोजपुर नगरपालिका वडा नम्बर २, हेलौछा छोक्ला निवासी पासाङ तामाङ पहिरोमा परी बेपत्ता हुनु भएको हो । बिहीबार बिहान करिब १० बजेको समयमा नजिकैको झयालसिंगे जङ्गलमा एक्कासी भिर सहित आएको पहिरोमा परि पासाङ बेपत्ता हुनु भएको वडाध्यक्ष प्रसाद तामाङले जानकारी दिनुभयो । 

दिनभर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरुले खोजी कार्य तीव्र बनाएको भएपनि  भेट्न नसकिएको तामाङले बताउनुभयो । शुक्रवार बिहानैबाट खोजी कार्यलाई पुन निरन्तर दिइने छ । पहिरोको ढुङ्गा माटो हटाउनका लागि समस्या भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button