तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाइते

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागेर एक जना सवारी चालक घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको जिपमा खसेको ढुङ्गा लाग्दा चालक अन्नपूर्ण गाउँपालिका– ७ महभिरका ४० वर्षीय लोक्चन गर्वुजा घाइते भएका हुन् ।

बेनीबाट अन्नपूर्ण गाउँपालिका – ७ महभिर जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिपमा पहिरोबाट खसेको ढुङ्गा लागेको थियो ।

घाइतेलाई अन्य सवारी चालकले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button