तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नालामा डुबेर १६ वर्षीय बालक बेपत्ता

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा १६ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् ।

जेठीनालामा पौडी खेल्ने क्रममा खजुरा वडा नम्बर–६ शान्तिनगरस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय विकास सुनार डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

बालक बेपत्ता भएलगत्तै खोजी कार्य जारी राखेको खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button