तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिमा थापा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा लोक बहादुर थापालाई नियुक्त गर्नुभएको छ ।

साथै गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दान बहादुर तामाङलाई गणतन्त्र मौरिसस र जाम्बियाका लागि, जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागिसमेत गैह्र आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button