दाङको भालुवाङ प्युठान–सडकखण्ड पाँच दिनपछि खुल्यो
दाङ । दाङको भालुवाङ(प्युठान सडकखण्ड पाँच दिन पछि सञ्चालनमा आएको छ । यस सडकखण्डको गर्जेनीमा खसेको पहिरो पाँचदिन पछि पन्छाई सकेपछि सडक सञ्चालनमा आएको हो । गत बुधबार राति करिब १० बजे खसेको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझबाट खुलाइएको छ ।
सडकदेखि करिब ५० मिटर माथिबाट खसेको पहिरोले १५० मिटर सडक क्षेत्र ढाकेको थियो । सडकको माथि चट्टान भिर र तलतिर ठूलो माडी नदी भएकाले पैदल हिँड्न पनि यात्रुलाई सकस भएको थियो । दाङको भालुवाङ–प्युठान सडकखण्ड फराकिलो बनाउने क्रममा भित्ता काट्दा जमिन थर्किएर कमजोर बनेको र ठूलो पहिरो खसेको अनुमान छ ।
सडक विस्तारको बेला ठूला मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर जमिन थप कमजोर हुने भएकाले पहिरो झर्ने गरेको छ । गर्जेनीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा भालुवाङ–प्युठान र रोल्पा आऊ–जाऊ गर्ने यात्रुहरूले देवीस्थान–घोराही सडक ९४८ किलोमिटर प्रयोग गर्न बाध्य भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्