तपाईँ सुन्दै हुनुहुन्छः

ओढारमा भेटिए ७ नाल भरुवा बन्दुक

रुकुम पश्चिम । रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ग्यामखोलाको ओढारमा भरुवा बन्दुक फेला परेका हुन । 

ओढारमा लुकाइछिपाई बन्दुक राखिएको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा बेवारिसे अवस्थामा ओढारमा ७ नाल भरुवा बन्दुक फेला परि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बन्दुकहरू कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । यसअघि पनि जिल्लाका विभिन्न जङ्गल तथा ओडारहरूमा बेवारिसे भरुवा बन्दुकहरू फेला पर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button