तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

उहाँले गृह तथा सञ्चार मन्त्रीमा नेपाली कांग्रेसका मोहम्मद समीम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई आज नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नवनियुक्त दुवै मन्त्रीलाई शपथ गराउनुभयो ।

मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) बाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा राखिने जानकारी दिनुभयो । स्वतन्त्र चुनाव जितेर जसपा प्रवेश गर्नुभएकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिना विभागीय बनाइनुभएको थियो ।

यसअघि आजै जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री यादवले आठ महिनाको अवधिमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button