‘निजामती सेवा ऐन नआउँदा कर्मचारी समस्यामा’
सुर्खेत । पेशागत महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले संघीय निजामती सेवा ऐन समयमै नआउँदा तीनै तहका कर्मचारीले समस्या भोग्नु परिरहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा पेशागत महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले संघीय निजामती सेवा ऐन सरकारले छिटोभन्दा छिटो ल्याउने प्रतिबद्धता व्यक्त गरे पनि नौ महिना बितिसक्दा समेत प्रक्रिया अघि नबढाउँदा कर्मचारीको मनोबल कमजोर भइरहेको बताउनुभयो ।
उहाँले मुलुकको निजामती प्रशासन हाँक्ने मूल कानुन ल्याउने विषयमा सरकार नै संवेदनशील बन्न नसक्दा कर्मचारी समायोजन ऐन पश्चात् प्रदेश, स्थानीय तह र संघीय निजामतीको स्वास्थ्य सेवामा तहगत प्रणाली र अन्य सेवामा श्रेणीगत प्रणाली कायम रहेकाले एकरूपता नहुँदा समस्या आइरहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष भोलानाथ पोखरेल, पेशागत महासङ्घ कर्णाली प्रदेश इन्चार्ज शिवप्रसाद सापकोटा, अध्यक्ष शिवप्रसाद पाण्डे, सेवा निवृत्त राष्ट्र सेवक संघ नेपालका राष्ट्रिय संयोजक प्रयागराज शर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्