तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सुन तस्करी, भ्रष्ट्राचार ईमान्दार र निष्पक्ष छानविन गरेमा एमालेको सहयोग रहन्छ : प्रदीप ज्ञवाली

धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारले सुन तस्करी, भ्रष्ट्राचार काण्डको ईमान्दार र निष्पक्ष छानविन गरेमा एमालेको साथ सहयोग रहने बताउनु भएको छ । 

धनगढीमा आज पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सुन तस्करी, ललिता निवास जग्गा प्रकरण जस्ता भ्रष्ट्राचार काण्डको सरकारले निष्पक्ष छानविन अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले सुन तस्करी काण्डलाई हल्ला र प्रचारक बनाइएको भन्दै त्यसका मुख्य नाइकेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउनुभयो । 

उपमहासचिव ज्ञवालीले राष्ट्रिय हितमा नयाँ चुनौती देखिँदै गएको उल्लेख गर्दै यतिवेला सङ्कटग्रस्त अर्थतन्त्र उकास्न, राष्ट्रिय हितको रक्षा गर्न, जनतामा देखिएको निराशतालाई बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ पार्दै सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाएर लैजानु पर्ने बताउनुभयो । उपमहासचिव ज्ञवालीले भौतिक पूर्वाधारका संरचना निमार्ण सम्पन्न गेटा मेडिकल कलेज सञ्चालनको माग जायज भएको र त्यसमा पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट गर्नुभयो । 

एमाले साउन महिनामा सातै प्रदेशमा पार्टी स्कुल विभाग स्थापना गरिसक्ने अभियानमा रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कर्णालीबाट शुरु भएको अभियान मधेस प्रदेश हुँदै सुदूरपश्चिम आइपुगेको बताउनुभयो । तीन दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, पार्टी सचिव एवं कर्णाली इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्यूरो सदस्य द्वय राजेन्द्रसिंह रावल, ईश्वरी रिजाल, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button