तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा पानीको हाहाकार, ट्याङ्करबाट वितरण सुरु

सर्लाही । सर्लाहीका विभिन्न पालिकाहरूमा स्रोत सुकेपछि पिउने पानीको हाहाकार भएको छ ।

सर्लाहीका चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका लगायत अन्य विभिन्न पालिकाका चापाकलमा पानी आउन छाडेपछि पानी पाउन धौधौ भइरहेको छ ।

पानीको हाहाकार बढेपछि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको पहलमा खानेपानी वितरण गर्न थालिएको छ । गाउँपालिकाबाट पानी वितरण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

चन्द्रनगरका झण्डै ९० प्रतिशत चापाकल सुकिसकेकोले पानीको समस्या टार्न पानी वितरण सुरु गरिएको महतोले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button