तपाईँ सुन्दै हुनुहुन्छः

राप्तीको बाढीमा फसेका ५ जनाको सकुशल उद्धार

नेपालगन्ज । राप्ती नदीको बाढीमा फसेका ५ जनालाई सकुशल उद्धार गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका–४ को लालपुर घाटस्थित राप्ती नदीको बीच टापुमा फसेका ५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो । स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका स्थानीय ५ जना दिउँसो बाढीमा फसेका थिए ।

इलाका प्रहरी कार्यालय धामपुरको टोलीले दिउँसो २ बजेतिर उनीहरुलाई सकुशल उद्धार गरेको हो । टापुमा फसेका राप्ती सोनारी–४ पसरामपुरका ५५ वर्षीय चुकीराम थारु, ५३ वर्षीय मायाराम थारु, ५१ वर्षीया बतासी थारु, ५० वर्षीय लोकबहादुर थारु र सोही वडाको सूर्यलालपुर गाउँ निवासी ३२ वर्षीय आशाराम थारुलाई ट्युब र सेफ्टी ज्याकेटको सहायताले सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button