तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा विषालु च्याउ खाँदा एकको मृत्यु 

डडेल्धुरा । डडेल्धुरामा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ । 

गन्यापधुरा गाउँपालिका वडा नं. २ स्थित गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । 

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० बर्षकी राम दुलारे थारुले शुक्रबार साँझ जङ्गली च्याउ खाएका थिए । उक्त जङ्गली च्याउ च्याउ खाएर बिरामी परेका राम दुलारेको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button