पिकअपले किच्दा बालकको मृत्यु
इलाम । इलामको सूर्योदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढ वर्षे बालकको मृत्यु भएको छ।
आफ्नै घरको छेउमा गाडीले किच्दा स्थानीय धिरज रिजालका २० महिनाका छोरा रियनको मृत्यु भएको प्रहरीले जनाएको छ।
रियनलाई मे १ ज ३६२ नम्बरको पिकअपले किचेको थियो । टाउकोमा गम्भीर चोट लागेर घाइते रियनलाई उपचारका लागि स्वास्थ्य चौकीमा पुर्याउनासाथ मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिकअप चालक २६ वर्षे रेजन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






प्रतिक्रिया राख्नुहोस्