तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम प्रणाली लागु हुँदै 

बाँके । बाँकेमा बढ्दै गएको सवारी दुर्घटना र मापसेबापत सङ्कलन हुने राजस्व अब सिधैँ बैङ्कमा जम्मा गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्षको सुरुवातसँगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनुभयो । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने उहाँले बताउनुभयो । 

बाँके जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्याई ट्राफिक प्रहरी पोष्ट नेपालगंज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारबाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुँदा अनलाइन इ–सेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैङ्किङबाट गर्न सकिने छ ।

साथै, ट्राफिक प्रहरीको अनलाइनबाट भुक्तानी गर्न इच्छुक नभएका व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैङ्कमा भौचरमार्फत रकम भुक्तान गरी सम्बन्धित कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सक्नेछन् । 

त्यस्तै, मापसेमा परेका व्यक्तिहरूले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षामा अनिवार्य सहभागिता हुनुपर्ने छ । सो कक्षा दैनिक बिहान ८ बजे सञ्चालन हुँदै आएको समेत  प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । 

यो सेवा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा साउन १ गतेदेखि सञ्चालन हुन लागेको हो । स समेत गर्नु आवश्यक रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button