तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक : तत्काल नयाँ विधेयक ल्याउन सरकारसँग माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज बसेको सचिवालयले अनुचित लेनदेन अथवा मिटर व्याज पीडितलाई राहत दिन तत्काल नयाँ विधेयक ल्याउन सरकारसँग माग गरेको छ ।

file photo

यस्तै बैठकले कोशी प्रदेशमा सभामुख समेत सरकार गठनमा संलग्न भएका कारण प्रदेश सरकार विघटन गरी कानुनसम्मत सरकार गठन गर्न माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

बैठकले गाई–गोरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगको निवारणका लागि खोप अभियान सञ्चालन गर्न तथा पीडित किसानलाई राहत दिन तथा समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

निरन्तरको वर्षा र बाढी पहिरोका कारण विभिन्न ठाउँमा अवरूद्ध भएका राजमार्ग खुलाउन तथा समयमै पीडितको उद्धार र राहतका लागि सरकारसँग माग गर्दै बैठकले पार्टीका कार्यकर्ताहरूलाई समेत उद्धार तथा राहतका काममा खटिन निर्देशन दिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button