जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी
दाङ । जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी परेका छन् ।
जङ्गली च्याउ खादा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजा निवासी एकै घरका आमा छोरा बिरामी परेका हुन् ।
च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्बर एक स्युजा निवासी ३८ वर्षीय यमा कुमारी कुवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी भएको वडा अध्यक्ष विष्णु कुवरले जानकारी दिनुभयो ।
च्याउ खाएर बिरामी परेका आमा छोरा दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचारपछि उनीहरू आज घर फर्केको अध्यक्ष कुवरले जानकारी दिनुभयो ।
शुक्रवार स्थानीय जङ्गलबाट सल्लेउ जातको च्याउ र अर्को नाम थाहा नभएको दुई थरी च्याउ उनीहरूले पकाएर खाएका थिए । च्याउ खाएपछि एकाएक पेट दुख्ने, बान्ता हुने रिँगटा लागेर बेहोस नै भएको वडा अध्यक्ष कुवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्