बाँकेमा पहिलोपटक लागू पदार्थ सेवन (लापसे) जाँच सुरु

नेपालगञ्ज । बाँकेमा पहिलोपटक लागू पदार्थ सेवन (लापसे) जाँच सुरु गरिएको छ ।
सवारी साधन चलाएका व्यक्तिले लागू पदार्थ सेवन गरे नगरेको जाँच गर्न थालिएको हो । मादक पदार्थ सेवन मापसे जाँच गरे जस्तै लापसे जाँच पनि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना र अपराध बढेको भन्दै बाँके प्रहरीले लापसे जाँच सुरु गरेको हो । लापसे गरेको पाइए कारबाहीसँगै काउन्सिलिङ गर्ने प्रवक्ता डाँगीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्