तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । सुख्खा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

आज अपराह्न ४ बजे ईच्छाकामना गाउँपालिका ६ स्थित कालिखोला नजिक सुख्खा पहिरो गएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । माथिबाट पहिरो पनि झर्ने क्रम रहेकोले केही समय लाग्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button