पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द
इलाम । इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नाका बन्द गरिएको हो ।

बिहीबार साँझदेखि नाका बन्द गरिएकाले आवतजावत ठप्प भएको छ । यो नाका तीन दिनका लागि बन्द गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुभयो ।
दार्जिलिङ जिल्लामा जुलाई ८ तारिखमा ‘पञ्चायत जनरल इलेक्सन’ हुँदैछ । चुनाव सम्पन्न भएपछि जुलाई ८ तारिख बेलुका ५ बजेबाट नाका खुल्ला हुने पोख्रेलले बताउनुभयो ।
नेपाल वा भारतमा चुनाव हुँदा यसअघि पनि सीमा नाका बन्द गर्दै आइएको छ ।








प्रतिक्रिया राख्नुहोस्