तपाईँ सुन्दै हुनुहुन्छः

बिदाको दिन पनि इटहरी उपमहानगर कार्यालय खुल्ने

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय सार्वजनिक बिदा तथा शनिवारको दिन पनि खुल्ला हुने भएको छ ।

आर्थिक वर्षको अन्त्यसँगै धेरै योजना तथा कार्यक्रम अन्तिम चरणमा रहेकाले कार्यालय समय बढाइएको उपमहानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले सूचना प्रकाशित गर्दै कामकाजको अत्यधिक चाप भएकाले शनिबार तथा सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला हुने जानकारी गराउनुभएको छ ।

बिदाका दिन नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालय खुल्ला रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button