विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु
मान्मा । कालीकोटको तिलागुफा नगरपालिका–१० मा रहेको श्री महादेव माध्यमिक विद्यालयमा अज्ञात रोगले अधिकांश विद्यार्थी बिरामी भएका छन् ।
सामान्य रोग होला भनेर केही बेवास्ता गर्दा विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया कर्मा थापाको बुधबार ज्यान गएको र हाल विद्यालय विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक भद्रबहादुर सिंहले जानकारी दिनुभयो । “हामीले जिल्ला अस्पताल कालीकोट र नगर अस्पताललाई पनि खबर गरेका छौँ”, उहाँले भन्नुभयो, “दुई जना विद्यार्थीको स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र एक जना विद्यार्थीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।”
विद्यालयमा कक्षा ११ सम्म पढाइ हुने गरेको र तीन सय २७ विद्यार्थी अध्ययन रहेकामा तीमध्ये एक सय ३० विद्यार्थी बिरामी रहेको सह प्रधानाध्यापक धर्मचन्द्र कोइरालाले जानकारी दिनुभयो ।
विद्यालयमा देखिएको अज्ञात रोगका विषयमा गम्भीर रूपमा लिँदै नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोलीलाई विद्यालयमा जान भनेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्