वेस्ट इन्डिजसँगको टी–ट्वान्टी सिरिजका लागि भारतीय टोलीको घोषणा
काठमाडौँ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । हार्दिक पान्ड्याको कप्तानीमा १५ सदस्यीय भारतीय टोलीको घोषणा भएको हो ।
भारतीय टोलीका नियमित कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि घोषित टोलीमा अटाएका छैनन् ।
युवा ब्याटरहरु यशस्वी जैसवालले पहिलो पटक टी–ट्वान्टी टोलीमा स्थान बनाएका छन् । तिलक वर्माले वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीमा पहिलो पटक समावेश भएका छन् ।
टेस्ट तथा ओडिआई टोलीमा समेत रहेका मुकेश कुमारलाई टी–ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा समेत समावेश गरिएको छ । सन्जु सामसन विकेटकिपरको रुपमा टोलीमा पुनरागमन गरेका छन् ।
घरेलु मैदानमा न्युजिल्यान्ड विरुद्धको पछिल्लो शृङ्खलामा ब्याक अप विकेटकिपरका रुपमा रहेका जितेश शर्माका टोलीमा स्थान पाएका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्