तपाईँ सुन्दै हुनुहुन्छः

जनताको स्वास्थ्य प्रतिकुल हुने विज्ञापन निरुत्साहित गर्नुपर्छ : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको स्वास्थ्य प्रतिकुल हुने विज्ञापन निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा मन्त्री शर्माले मानव स्वास्थ्यसँग सम्बन्धित विज्ञापनलाई कडा रुपमा नियमन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले मानव स्वास्थ्यसँग प्रतिकूल हुने विज्ञापनलाई निरुत्साहित गर्न यथेष्ट नीति लागू गर्नुका साथै त्यस्तो विज्ञापन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले अधिकांश ऐन, नियमावली, नीति र कार्यनीतिमा तादम्यता नमिलेको भन्दै  विज्ञापन सम्बन्धी ऐन नियम, नीति र कार्यनीतिमा एकरूपता कायम गरी व्यवहारतः कार्यान्वयन गर्न निर्देशन दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button