तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जनप्रतिनिधिमाथि नै जातीय विभेद

बाँके । बैजनाथ गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य धनकली सुनारमाथि जातका आधारमा विभेद गरिएको छ।

सामान्य विवादमा वडा सदस्य सुनारमाथि विभेद गरिएको हो । आफ्नै छिमेकी भुवन बुढाबाट विभेदको सिकार भएको वडा सदस्यले बताउनुभयो ।

उहाँले आफूलाई एक्कासी कमिनी, गाई खाने डुमिनी भन्दै अश्लिल गाली गरेको उहाँले बताउनुभयो । परिवारमाथि ज्यान मार्ने उद्देश्यले २०÷२५ पटक ढुङ्गा प्रहार भएको समेत बताउनुभयो ।

आफ्ना श्रीमान् र ८ वर्षको छोरालाई समेत ढुङ्गाले प्रहार गर्दा भागेर बाँच्न सफल भएको वडा सदस्य सुनारले बताउनुभयो। आफु माथि अन्याय भएको भन्दै न्यायका लागि प्रहरी र अदालतसम्म पुग्ने र कुनै पनि हालतमा मिलापत्र नगर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button