लुम्बिनी प्राविधिक बिश्वबिद्यालयको प्रथम वार्षिक उत्सव सम्पन्न

बाँके । लुम्बिनी प्राविधिक बिश्वबिद्यालयको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा सोमवार लुम्बिनी प्राविधिक बिश्वबिद्यालयको सभाहलमा वार्षिक उत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बाँकेवासीको लागि विश्वविद्यालय स्थापना हुनु गर्भको कुरा भएको भन्दै राम्रो जनशक्ति उत्पादन गर्न शिक्षकको व्यवस्थापन अति आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्जमा अध्ययन गर्ने विद्यार्थीलाई अन्यत्र अध्ययन गरेका विद्यार्थीहरू भन्दा गुणस्तरीय शिक्षाका साथै राम्रो अङ्क ल्याउने बनाउन विश्वविद्यालयले शिक्षाको स्तर कसरी वृद्धि गर्न सकिन्छ भनेर व्यवस्थापन टिमले मुल्याङकन गरि शिक्षामा गुणस्तर ल्याउन पर्ने ल बताउनुभयो ।
प्राविधिक विश्व विद्यालय निर्माण हुनु हामी सबैको लागि खुसीको कुरा भएको भन्दै बजेट अभावको कारण शिक्षामा खेलबाड नगर्ने र लुम्बिनी प्रदेशले बजेट अभाव हुन नदिने जिकिर समेत गर्नुभयो । बजेट अभाव भयो भन्दैमा गुणस्तरमा कमी ल्याउन कन्जुस्याइँ नगर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै पूर्व मुख्य मन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विश्व विद्यालयका लागि सेवा समितिसमेत नियुक्त भएको अवस्था छ भन्दै यसलाई अब पूर्णता दिने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले विश्वविद्यालय स्थापना गरि शिक्षामा गुणस्तरीयता छ छैन केलाउन आम नागरिकको खाँचो रहेको बताउनुभयो । उहाँले शिक्षामा गुणस्तर छैन भने भवन जति सुकै सम्पन्नशाली बनाए पनि काम नलाग्ने बताउनुभयो । यस्तै पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे बोल्दै बाँकेलाई शैक्षिक हब बनाउन प्रत्येक नागरिकको आवश्यकता रहेको बताउनुभयो । शिक्षाको जनचेतना जगाउन सके जनताको जनस्तरमा वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुल प्रसाद केसी, प्रतिनिधि सभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश योजना आयोगका प्रमुख, प्रदेश लोकसेवा आयोगका प्रमुख, बाँके बर्दियाका स्थानीय तहका मेयर उप–मेयर, अध्यक्ष उपाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।







प्रतिक्रिया राख्नुहोस्