राष्ट्रियसभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल सुरु
काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल सुरु भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा बन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल सुरु भएको हो ।
छलफलमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा र नरपति लोहारले खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।
छलफलमा सांसदहरुले बजेट शीर्षकहरू माथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।
राष्ट्रियसभाको आगामी बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।
प्रतिक्रिया राख्नुहोस्