उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिवको भेट
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले शिष्टाचार भेट गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले नेपालले राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाल सक्रियतापूर्वक सहभागी हुँदै आएको तथा महासचिवले अघि बढाएको शान्ति कार्यप्रति नेपाल सरकार प्रतिबद्ध बताउनुभयो ।
अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा शान्ति सैनिक पठाउने दोस्रो ठूलो राष्ट्र भएकोमा प्रसन्नता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले नेपालले राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।
राष्ट्रसङ्घका उपमहासचिव ल्याक्रोइक्सले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिक अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्