तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा गाई काटेको आरोपमा ३ जना पक्राउ 

रोल्पा । रोल्पा प्रहरीले रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ को भावाङमा गाई काटेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा माडी गाउँपालिका वडा नम्बर ५ मेलपोखरी निवासी २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर भनिने रहेका छन् । 

नरेश विकको घरमा गाई काटेको र मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भावाङबाट खटिएको प्रहरीले गाईको टाउको र २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

गाई काटेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button