तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिकाको बजेट १ अर्ब ३२ लाख ६५ हजार 

गोरखा । गोरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट ल्याएको छ । 

बाह्रौँ नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । सभाले नीति तथा कार्यक्रम पनि स्वीकृत गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर रानाले प्रस्तुत गर्नुभएको हो । बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर रानाले बताउनुभयो । 

बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान ३८ करोड ७९ लाख, राजश्व बाँडफाँटअन्तर्गत १३ करोड १२ लाख ६८ हजार र सामान्यीकरण अनुदान २१ करोड २२ लाख रहेको छ भने प्रदेश सरकारको ४ करोड २४ लाख अन्ठाउन्न हजार र पालिकाको आन्तरिक स्रोतबाट ५ करोड ७६ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख मसली माया थोकरसहित जनप्रतिनिधि, कर्मचारी, र पत्रकारहरू लगायतको सहभागिता रहेको थियो ।

सभाले नगरमा प्लाष्टिकका झोलाहरूको प्रयोगमा रोक लगाउने निर्णयसमेत गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button