तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा जानेमा झापा पहिलो स्थानमा

भद्रपुर, झापा । झापा जिल्लाबाट वैदेशिक रोजगारीका लागि जाने मध्ये देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम (सामी) भद्रपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा  झापाबाट रोजगारीका लागि झण्डै ८ हजारले विदेश यात्रा गरेका छन् । 

सामीका अनुसार झापाबाट फागुनमा २ हजार ७३५, चैत्रमा २ हजार ८२३ र वैशाखमा २ हजार ३१५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो देशकै सबैभन्दा बढी सङ्ख्या हो ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक फणिन्द्रप्रसाद दाहालका अनुसार वैदेशिक रोजगारीमा जाने झापालीको सङ्ख्या बढेसँगै जोखिम र असुरक्षा पनि बढेको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ठगीमा परेका ११० जनामध्ये ३४ जना कामदारलाई न्यायमा पहुँच पुर्‍याएर १६ लाख ९५ हजार रकम क्षतिपूर्ति भराइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button