तपाईँ सुन्दै हुनुहुन्छः

एमालेमा रहने गौतमको इच्छा

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा एमालेमा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिनुभयो ।

एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button