प्रधानमन्त्री ’प्रचण्ड’ हेलम्बु आउनुहुँदै
सिन्धुपाल्चोक।प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको निरीक्षणका लागि आज हेलम्बु तथा मेलम्ची आउनुहुने भएको छ ।
प्रधानमन्त्री दाहाल खानेपानीको मुहान क्षेत्र हेलम्बु पुगी त्यहाँको अनुगमन ,निरीक्षण र त्यहाँको अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको छ ।
सडक मार्ग हुँदै मध्यान्ह मेलम्ची क्षेत्रमा पुग्नु हुने उहाँलाई त्यहाँ मेलम्ची खानेपानीको कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराउने कार्यक्रम रहेको छ । साथै उहाँले स्थानीय पदाधिकारीसँग अन्तरक्रिया पनि गर्नुहुने छ ।








प्रतिक्रिया राख्नुहोस्