तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते

गोरखा । गोरखामा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

चितवनबाट गोरखाको आर्खेतका लागि छुटेको ना५ख ७२११ नम्बरको बस गोरखा नगरपालिका वडा नम्बर–८, ढुङ्गागाढे चोक नजिकै बस दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई भित्तामा ठोक्किँदा १३ जना घाइते भएको जनाइएको छ ।

घाइते भएकाहरूको अहिले गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते सबै अवस्थामा भने सामान्य रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट हरीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button