चट्याङ लागेर बाजुरामा एक युवकको मृत्यु
बाजुरा । बाजुरामा चट्याङ लागेर एक जना युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय युवक यमराज बिष्ट रहेका छन्।
मङ्गलवार साझ अविरल वर्षा सँगै परेको चट्याङ लाग्दा बिष्टको ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैँसी गोठालो गएका थिए । राती करिब ८ बजे भैँसी खर्कमा बसिरहेका बेला नजिकै रहेको रुखमा एक्कासि चट्याङ परेर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना घटेको स्थल देउडा पाटन तर्फ प्रहरीको टोली मङ्गलवार राती १ बजे नै गई शव गाउँ ल्याइएको र अरू ठाउँ कहाँ कति क्षति भयो भन्ने बारे विवरण आउन बाँकी रहेको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मङ्गलवार साँझ बाजुरामा हावाहुरी सँगै आएको अविरल बर्षाले स्थानीयको जनजीवन प्रभावित पारेको थियो ।








प्रतिक्रिया राख्नुहोस्