बोनसको जिन्दगी पहिचानको पक्षमा समर्पण गरेको छु : रेशम चौधरी

नवलपरासी । भर्खरै राष्ट्रपतिबाट आममाफी पाएर जेल मुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अबको बाँकी जीवन बोनसको जीवन रहेको भन्दै पहिचानवादीको लडाइका निम्ति समर्पित हुने बताउनुभएको छ । ’उहाँले भन्नुभयो,‘अबको मेरो बोनसको यो जिन्दगी थारु,आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गरेको छु ।’
अहिलेको संविधानले भुमीपुत्र थारु र आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नगरेको भन्दै अब सर्घषबाट अधिकार प्राप्ति गर्नुपर्ने बेला आएको बताउनु भएको छ । पश्चिम नवलपरासीको परासीमा आज आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै चौधरीले अधिकार प्राप्तिको लडाइँमा जेल भित्र हुँदा र अब खुल्ला राजनीतिमा पनि लडिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो। । ‘राज्यले टिकापुर घटनालाई थारुले घटाएको भन्दै विभेद पुर्णरुपमा मलाई फसाउने काम गर्यो । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन ।
सयौँ राष्ट्रिय गीत लेख्ने , गाउने गरेको एउटा पत्रकार , कलाकार लाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक पार्टीले यो देशको पहिचानवादी र पिछडिएका जनताको पक्षमा राजनीति गर्ने उल्लेख गर्नुभयो । २०८४ को निर्वाचनमा अहिले प्रदेश र स्थानीय तहमा जस्तै मुलुकभरि नै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएर सरकारको बागडोर सम्हाल्ने बताउनुभयो ।
कार्यक्रममा आफ्नो जेल भित्रका दुःख सुनाउनमा खर्चिएका चौधरीले अब पुराना पार्टी छोडेर आफ्नो नयाँ अभियानमा जोडिन आग्रह गर्नु भएको थियो ‘सधैँ अरूलाई जिन्दाबाद भन्यौ,सधैँ अरूको चिन्हमा मत हाल्यौ तर हाम्रो पहिचान भएन’।चौधरी को भनाई थियो । कार्यक्रममा नाउपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्