तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी प्रेस सङ्गठन चितवनको अध्यक्षमा पुनः तिमिल्सिना 

चितवन । समाजवादी प्रेस सङ्गठन नेपाल  चितवनको अध्यक्षमा पुनः टिकादत्त तिमिल्सिना चयन हुनुभएको छ  ।

आज  सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । तीन वर्षे कार्यकालको लागि गठित ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा चयन हुनुभएको छ । सचिवमा पूर्णबहादुर आलेमगर (विशाल), कोषाध्यक्ष बबिलाल तामाङ र सह–सचिवमा विजय चौधरी चयन हुनु भएको छ  ।

यस्तै सदस्यहरूमा  उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन हुनु भएको छ  । नेकपा एमाले विभाजन भएपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसम्वद्ध जनवर्गीय सङ्गठनको रूपमा उदाएको प्रेस सङ्गठनको केन्द्रीय समितिको निर्देशानुसार जेठ मसान्तभित्र जिल्लाको अधिवेशन गराउनुपर्ने परिपत्रको आधारमा बुधबार चितवन जिल्लाको अधिवेशन गरिएको सङ्गठनले जानकारी दिएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button