चार वर्षअघि खरिद गरिएका बसहरू अहिलेसम्म सञ्चालनमा आएनन्

वीरगंज । प्रदेश सरकारले चार वर्षअघि नै करोडौँ रकम खर्च गरि उक्त बसहरू खरिद गरेको भएपनि हालसम्म एकले अर्कालाई हस्तान्तरण गर्नमा नै सीमित भएको हो मधेस प्रदेश सरकारले खरिद गरेको पाँच वटा बस एक अर्कालाई हस्तान्तरण गर्नमै सीमित बनेको छ । तर करोडौँ रुपैयाँ बजेट खर्च गरेर खरिद गरिएको बसहरू अहिलेसम्म सञ्चालनमा भने आउन नसकेको हो ।
प्रदेश परिवहन सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले सप्तरीको राजविराजदेखि पर्साको वीरगञ्ज महानगरसम्म प्रदेशका आठवटै जिल्लाहरूमा चलाउने भनी खरिद गरेको थियो ।०७७ सालमा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले ३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरेको थियो ।विगत चार वर्षदेखि बसहरू प्रदेश सरकारले विभिन्न संघ सस्थांहरुलाई चलाउनको लागि उपलब्ध गराउँदै आएको छ
प्रदेश सरकारले पाँच वटा बसलाई ०७८ साल फागुन २४ गते निर्णय गरेर प्रदेश कृषि विश्व विद्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । तर, ती बसहरूमध्ये प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले ०७९ साल मङ्सिर ९ गते मधेश विश्व विद्यालय वीरगञ्जलाई हस्तान्तरण गरेको छ ।बस चल्न नसकेपछि प्रदेशका विभिन्न संघ सस्थांहरुबाट घुमिफिरी पाँचवटा बस मध्ये एउटा बस वीरगञ्जस्थित मधेश विश्व विद्यालयमा आइपुगेको छ ।
प्रदेश सरकारले नै बसहरू चलाउन नसकेर सघं संस्थाको जिम्मा लगाउने क्रम बढेपछि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न भनेको हो ।
आर्थिक बर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनमा महालेखाले आवश्यकताको विश्लेषण नगरी बस खरिद गर्ने र सार्वजनिक सम्पत्तिको उचित प्रयोग तथा संरक्षण नगर्ने पदाधिकारलाई जिम्मेवार बनाउन आफ्नो वार्षिक प्रतिवेदनमा बताएको छ ।साथै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको दुईवटा बसहरूमा लेखापरिक्षणको अवधिसम्म नम्बर प्लेटसम्म नराखिएको महालेखाले आफ्नो बसहरूमा प्रतिवेदनमा जनाएको छ ।
मधेश विश्व विद्यालयमा अध्ययन अध्यापन सुरु नभएकोले त्यहाँ रहेको एउटा बस समेत थन्काएर राखिएको छ ।यसरी मधेस सरकारले प्रदेश बासीहरूको लागि खरिद गरेको करोडौँको बसहरू अहिले थन्किएर बसेको छ ।








प्रतिक्रिया राख्नुहोस्