सुदूरपश्चिम सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम ल्याउँदै छ ।
प्रदेश प्रमुख देवराज जोशीले आज अपराह्न ४ बजे प्रदेश सभा बैठकमा सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्य सूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगार, पूर्वाधार विकासलाई प्राथमिकता दिएको बत्ताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्