तपाईँ सुन्दै हुनुहुन्छः

चितवन प्रशासनद्वारा ‘लु’ बाट बच्न अनुरोध

चितवन । जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराइका जिल्लाहरूमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रशासनले एक सूचना गरी पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा ‘लु’ लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।

प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

केही दिनदेखि चितवनका शहरी तथा ग्रामीण क्षेत्रमा दिउसो ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम मापन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button