तपाईँ सुन्दै हुनुहुन्छः

दाङको बंगलाचुली गाउँपालिकामा दादुरा रोगको संक्रमण फैलियो, १० जना बिरामी  

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा दादुरा रोगको संक्रमण फैलिएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित हंसपुर, रानिवास र नयाँवस्ती टोलमा दादुराको रोगको संक्रमण देखा परेको हो । अहिले नयाँवस्ति ढावमा एकै घरका ५ जना परिवार दादुराको बिरामी भएका छन् । 

संक्रमित हुनेहरूमा बंगलाचुली गाउँपालिका वडा नम्बर ८ निवासी २८ वर्षिया छविलाल बुढा, वर्ष २६ वीर बहादुर बुढा, वर्ष २६ लेखनाथ बुढा,२४ वर्षकी मनिषा बुढा,वर्ष १८ चेतमान बुढा,वर्ष २२ का भगि बुढा ,उहाँकी  बहिनी वर्ष १५ की धामिका बुढा, वर्ष ४८ डण्डुराम बुढा दादुरा रोगको संक्रमित हुनुभएको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवास निवासी वर्ष ३४ का हिमलाल बाँठा, ,हंसपुर निवासी वर्ष ४८ की मामी गाहालाई दादुराको संक्रमण भएको छ । वडा नम्बर ८ को अन्य स्थानमा पनि दादुरा सङ्क्रमणको उच्च जोखिममा रहेको छ । संक्रमित बिरामीहरू मध्य कतिपय उपचारका लागि जिल्ला सदरमुकाम घोराहीमा गएको र कतिपयलाई घरमै निको भएको पाइएको छ । 

दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामान्यतया ५ वर्ष मुनिका बालबालिकाहरूलाई धेरै लाग्दछ र यसले छिट्टै महामारीको रूप पनि लिन सक्दछ। दादुरा रोग लाग्यो भने यसका जटिलताहरू जस्तै (निमोनिया, झाडापखाला, जल वियोजन र कुपोषणको कारणले बिरामीको मृत्यु समेत हुन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button