तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बोलेरोकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

चितवन । चितवनमा बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ५० को वीरेन्द्र राउत रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न साँढे तीन बजे भरतपुर महानगरपालिका वडा नम्बर १५ जानकी चोकमा  ना३च ११९ नम्बरको बाेलेरोले बा८५प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनाबाट गम्भीर घाइते राउतको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ४ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि बस्ने बर्ष ४१ को राज कुमार नेपाली सामान्य घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

बोलेरो चालक भरतपुर महानगरपालिका वडा नम्बर २९ बस्ने बर्ष २५ को बिमल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button