तपाईँ सुन्दै हुनुहुन्छः

जुस सेन्टरमा हानीकारक विषादी प्रयोग, महानगरले गरायो बन्द

भरतपुर I भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ ।

क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ । उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ ।

भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ । मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताउनुभयो । रासस

भिडियाे :

प्रतिक्रिया राख्नुहोस्

Back to top button