प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।
छलफलमा सांसदहरुले आशावादी दस्ताबेजका रुपमा आगामी नीति तथा कार्यक्रम आएकाले यसको कार्यान्वयन विषयमा गम्भीर बन्नु पर्ने बताउनुभयो ।
सत्तापक्षीय दलका सांसदहरुले नीति तथा कार्यक्रममा आएका राम्रा कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट र स्रोतको व्यवस्थापन हुनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले समग्रमा अहिलेको बस्तुगत अवस्थालाई समेटेर परिणाम दिने र जनतामा आशा जगाउने व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालका कार्यक्रमहरू आएको भन्दै यसको कार्यान्वयन तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम अमूर्त दस्ताबेजका रुपमा आएको भन्दै अर्थतन्त्र, ब्याजदर, कृषि, व्यवस्थापन जस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्ने खालका कार्यक्रम आउन नसकेको बताउनुभयो ।
संसदहरुले ठोस र मूर्त खालका कार्यक्रम आउन नसकेको भन्दै ठोस कार्यक्रम आउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले सांसदहरुले समस्या पहिचान, भ्रष्टाचार मुक्त समाजको निर्माणमा जोड दिँदै नीति तथा कार्यक्रम माथि आएका सुझावहरू समेटेर यसको कार्यान्वयनका लागि प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।
सांसदहरुले नीति तथा कार्यक्रममा आएका विषयहरूलाई कार्यान्वयन गर्न सकियो भने अहिलेको अवस्थामा सुधार ल्याउन सकिने भएपनि यसको कार्यान्वयनको पक्षमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।
सांसदहरूले राष्ट्रिय महत्त्वका आयोजनाहरू जस्तो सुकै परिस्थिति आएपनि पुरा गर्नेगरी योजना बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा विशेष सम्बोधन मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्