तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व क्याम्पस प्रमुख गौतम बलात्कार अभियोगमा पक्राउ 

दाङ । देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख शेषमणि गौतमलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

गौतमले आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

किशोरीको उजुरीका आधारमा प्रहरीले गौतमलाई घरबाटै नियन्त्रणमा लिएका हौँ । डिएसपी गौतमले भन्नुभयो वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेर अनुसन्धान हुन्छ । जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button